धनगढीमा पनि उग्र प्रदर्शन
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।
जेनजी प्रदर्शनकारीहरुले मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा उग्र प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ढुंगामुढा गरेका छन् । त्यस्तै, प्रदेश सभामा आगजनी गरिएको छ । मंगलबार ठूलो संख्यामा सडकमा ओर्लिएका प्रदर्शनकारीहरुले धनगढीमा प्रमुख राजनीतिक दलका पार्टी कार्यालय, मन्त्रालय, सरकारी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका छन् ।
निकै ठूलो संख्यामा आक्रामक रुपमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राजनीतिक दलका शीर्ष नेताहरुको घरमा पनि ढुंगामुढा र आगजनी गरेका छन् ।
