कैलालीको खुटियामा डुबेर चार युवकको मृत्यु

Thursday August 28, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

धनगढी, भदौ १२ गते/ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९, खुटिया खोलामा वेपत्ता चार जना युवकहरुको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू चारै जना बिहीबार नुहाउने क्रममा खुटिया खोलामा वेपत्ता भएका थिए । उनीहरुसँगै अन्य तीन जना पनि नुहाउन गएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार प्रहरी तथा सशस्त्र प्रहरीको टोलीको संयुक्त प्रयासपछि उनीहरुको शब बरामद भएको हो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका