डडेल्धुरा जीप दुर्घटना अपडेट मृतक चारै जनाकाे सनाखत

Thursday August 28, 2025

पढ्न लाग्ने समय :


डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा भएको जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उग्रतारा यातायातको से १ ज७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएकाे छ । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन । घाईते चार जना मध्य बिक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।