माओबादीमा जनलहर बढ्दा विभिन्न शक्तिले आन्तरिकद्वन्द्ध बढाउन खोजेको प्रचण्डको आरोप
पढ्न लाग्ने समय :1 min
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलाललाई आतंकित बनाएको र उनिहरुले नै पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र गरेको बताउनु भयो । पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू जितेको भन्दै अध्यक्ष प्रचण्डले त्यसलाई जनविश्वास पुनः प्राप्त हुँदै गएको उदाहरणको रुपमा ब्याख्या गर्नु भयो ।