नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी होः अध्यक्ष दाहाल

Wednesday March 12, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताउनुभएको छ । बुधवार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताउनु भयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाउनु भयो । उहाँले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताउनु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘यो गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएर एकथरी इतिहासबाट परास्त भएर मिल्क्याइएका शक्तिहरु फेरि बाटोमा देखापरे । हामीले सोच्यौँ । तराईमा त हिँड्दै गरौँला आएर । पहिला काठमाडौंमा गएर तिनीहरुलाई चुनौति दिनुपर्छ भनेर किनभने यो त उत्पीडित जाति, वर्ग, समुदाय सबैले मिलेर ल्याएको परिवर्तन हो । यसको रक्षा गर्ने जिम्मेवारी जसले जन्माएको हो त्यसको नै हुन्छ । आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी नै हो ।’

अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने बताउनु भयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका