राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन

Monday March 10, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताउनुभएको छ । सोमवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हुन्छ भन्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन् । राम्रोसँग चलेको छ । सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ । हामी भोट पाएको मान्छे हो, हामी जनता होइन । नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ ।’

काठमाडौंमा आईतवार राजावादीहरुको प्रदर्शन अद्भुत भयो नि ? भन्ने प्रश्नमा सभापति देउवाले कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिनुभयो । उहाँले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको बताउनु भयो । पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उहाँले कसैले उचाल्ने कुरा नभएको र उचालेको थहा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।’
सभापति देउवाले दुई ठूला राजनीतिक दलहरुको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।