वित्तीय क्षेत्रका श्रम ऐन लागू नहुने सर्वोच्चको निर्णयप्रति नेपाल ट्रेड युनियन काँग्रेसको आपत्ति

Sunday March 9, 2025

पढ्न लाग्ने समय :


नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) ले सर्वोच्च अदालतले वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने भनेर गरेको निर्णयप्रति आपत्ति जनाएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले गरेको विभिन्न निर्णय जानकारी दिन आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) का अध्यक्ष योगेन्द्र कुँवरले उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रम क्षेत्रका अत्यावश्यक सेवा तथा विशेष ऐनद्वारा सञ्चालित क्षेत्रमा श्रम ऐन लागू नहुने सर्वोच्च अदालतको निर्णय अदालतको सम्मान गर्दै अस्वीकार गरिएको बताउनु भयो । उहाँले सर्वोच्चले गरेको फैसला सच्याएर संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सर्वोच्चको निर्णयमा नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउने तथा श्रम अधिकार खोस्ने नियत रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले श्रम ऐन बैंकिङ सेक्टरहरुमा लागू नहुने, खासगरी अत्यावश्यक सेवाहरु  र विशेष सेवा ऐनद्वारा सञ्चालित क्षेत्रहरु श्रम ऐन आकर्षित नहुने भनेर ढंगले निर्णय गरेको छ । जुन निर्णयप्रति हाम्रो आपत्ति छ । जुन निर्णयमा एक जना श्रीमानले असहमति पनि जाहेर गर्नुभएको छ, उहाँको असहमतिप्रति हाम्रो पनि सहमति छ । हामीले सर्वोच्च अदालतको सम्मान गर्दा गर्दै पनि जुन निर्णय भएको छ त्यसले नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउने, श्रमको अधिकार खोस्ने र मानव अधिकारको आएलवो कन्भेन्सन जुन हामीले पारित गरेका छौँ, हुमन राइट्स डिक्लेसन १९४८ को भावना विपरित छ । त्यसको साथसाथै १० प्रतिशत सेवा शुल्क खास गरी त्रिपक्षीय सहमतिको आधारमा १५ वर्षदेखि श्रमिकहरुले त्यसको उपभोग गर्दै आइरहेका थिए, त्यसलाई पनि सर्वोच्च अदालतको निर्णयले खारेज गरेको अवस्था छ । यी कुरालाई हामीले संशोधन गर्नुपर्छ, करेक्सन गर्नुपर्छ । त्यसका लागि आवश्यक प¥यो भने हामीले नीतिगत करेक्सन गर्नुपर्छ र कानुनत करेक्सन गरेर यी कुरालाई यथावत् गनुपर्छ भन्ने विषय सबैभन्दा ठुलो कन्सर्न भएको यहाँ राख्न चाहन्छु ।’

अध्यक्ष कुँवरले महँगी तथा मुद्रा स्फितिका आधारमा नेपाल राष्ट्र बैंकले गरेको प्रक्षेपणका आधारमा न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने बताउनु भयो । न्युनतम परिश्रमिक निर्धारणका लागि निरन्तर अध्ययन, छलफल र अनुसन्धान हुनुपर्ने उहाँको भनाइ छ । निर्धारित पारिश्रमिक सबै क्षेत्रमा अनिवार्य रुपमा लागू हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यसका लागि निरन्तर रुपमा अध्ययन, छलफल र रिसर्चहरु पनि गर्नुपर्छ, रिसर्च बेसमा न्युनतम पारिश्रकि ज्याल निर्धारण गर्नुपर्छ । वैज्ञानिक र व्यवहारिक पनि हुनुप¥यो । अहिलेसम्मको न्युनतम ज्याला निर्धारण रिसर्च बेस र निड बेसमा हुन सकिरहेको छैन । त्यसैले महँगीको आधारमा, मुद्रास्फ्रीतिको आधारमा राष्ट्र बैंकले प्रक्षेपण गरेको एउटा परिवार पाल्नका लागि यति जरुरी हुन्छ भनेर भनेको आधारमा न्युनतम ज्याला निर्धारण हुनुपर्छ । त्यसकारण न्युनतम ज्याला एउटै र अनिवार्य हुनुपर्छ, अनिवार्य सबैलाई लागू भएको हुनुपर्छ भन्ने हाम्रो विषय हो ।’

अध्यक्ष कुँवरले फागुन २१ र २२ गतेको बैठकमा संविधानले सुनिश्चित गरेको समावेशीका आधारमा राज्यको निकायमा सहभागिताबारे वकालत गर्ने, संविधानमा श्रमिकको छुट्टै क्लस्टर बनाउने व्यवस्थाका लागि राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराउने, संगठन निर्माणका लागि देशभर अभियान सञ्चालन गर्नेलगायतका विशेष प्रश्ताव पेश गरेको जानकारी दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।