त्रेतायुगमा सीतारामले खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीले खेले होली

Thursday March 6, 2025

पढ्न लाग्ने समय :


त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा उत्सव मनाएका छन् ।  मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रङ, अबिर दल्दै बिहीवार होलीको उल्लास साटेका छन् । संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहेको छ । मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरू समेत कञ्चनवनको होलीमा सहभागी भएका छन् ।

फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको मिथिला मध्यमा परिक्रमा सप्तमी तिथिमा ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्छ । यही स्थानमा इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ । जनविश्वासअनुसार इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको थियो । सीतारामले यही स्थानमा होली खेलेको मानिन्छ । जसलाई परिक्रमा सहभागीहरूले रंग–अबिरबाट पुनर्जीवित गर्ने परम्परा कायम राखेका छन् । एकातिर रङ–अबिरको छटा, अर्कोतर्फ होरैया गीतको गुञ्जन, अनि हजारौँ भक्तजनहरूको उल्लासमय सहभागिताले कञ्चनवनको होलीलाई झनै विशेष बनाएको छ। जनकपुरधामको हनुमाननगरबाट सुरू भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुगेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।