नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन छिटै सदनमा प्रश्तुत गर्छुः अर्थमन्त्री पौडेल

Thursday March 6, 2025

पढ्न लाग्ने समय :


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताउनुभएको हो । उहाँले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा प¥यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताउनु भयो । उहाँले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम ग¥यो र यो ग्रे लिस्टमा प¥यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल ग्रे लिस्टमा परेको कुरा गर्नुभयो । ग्रे लिस्टको सम्बन्धमा मैले हिजो पनि भनेको छु । नेपालले खासगरी सम्पती शुद्धिकरणको अफवादमा संलग्न हुनेहरुको बिरुद्धमा कस्तो कस्तो अभ्यास, कानूनी प्रवन्ध, नियमावलीको व्यवस्था गरेको छ । कस्तो संरचना निर्माण भएको छ । कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् । कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम ग¥यो र यो ग्रे लिस्टमा प¥यो भन्नेकुराको म सचित्र वर्णन सम्मानित सभा समक्ष गर्न चाहन्छु । यो ग्रे लिस्ट यो सरकार आएपछिको ग्रे लिस्ट होइन । यो सरकार आएपछि मुलुक ग्रे लिस्टमा गएको होइन । यो ग्रे लिस्टको नतिजा त इक्जाम सकिएर रिजल्ट तयार भइसकेको थियो । त्यो परीक्षा भएर नतिजा तयार भएको कुरा फ्रान्समा टाँसिएको हो । हिजो कुन समयमा के काम हुनुपर्ने हो त्यो काम नभएका कारण भएको हो । सम्पती शुद्धिकरण सम्बन्धी अपराधलाई नियन्त्रण गर्ने सिलसिलामा नेपालले आउने दिनमा प्रभावकारी ढंगले काम गर्दछ ।’
दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको बताउनु भयो


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।