शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछः सभामुख घिमिरे

Wednesday March 5, 2025

पढ्न लाग्ने समय :


सभामुख देवराज घिमिरेले शहीदहरुको अधुरो सपना पूरा गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरुको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतिहरु देखिएको बताउनु भयो । शहीदहरुको बलिदानलाई खेर जान दिनु नहुने बताउनु भयो । शहीदहरुको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त ग¥यो । शहीदहरुको बलिदानले त्यो प्राप्त ग¥यो । तर यसले दिनुपर्ने अन्य समाजलाई सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि जाने, प्रतिष्पर्धा लैजाने लगायतका धेरै कुराहरुमा चुनौतिहरु देखा परिरहेका छन् । शहीदहरुको अधुरो सपना साकार गर्ने यो पिंढीले कामहरु गर्न सकोस् ।’

सुखानी आन्दोलनका शहीदहरु स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व.वीरेन राजवंशी, स्व.कृष्ण कुईंकेल, स्व. नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।