नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग

Monday March 3, 2025

पढ्न लाग्ने समय :


नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ । संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर जनसँग सम्बन्धित समस्याहरुको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले वनका कामहरु गर्नका लागि वनका प्राविधिकहरुको आधिकाररिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताउनु भयो । परिषद् गठन भएको खण्डमा आधिकारिक रुपमा काम गर्न पाइने बताउनु भयो ।

वन व्यवस्थापनमा प्राविधिकहरुको कमी रहेको उल्लेख गर्नुभयो । परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरु पनि छिटो छरितो हुने बताउनु भयो । साथै सामुदायिक वनहरुको नविकरणमा पनि सहयोग पुग्ने बताउनु भयो । उहाँले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिनुभयो । परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरु गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरुले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गर्नुभयो । विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानव—वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा छलफल गरिरहेका छौँ भने अर्को वन डढेलोको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को छलफल भइरहेको छ । फागुन २० गते उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा ५० वर्षभर गरेका कामहरुको स्मारिका विमोचनको साथै शुरुवात गरिएको नेपाल वन प्राविधिक संघको शुरुवातताकाका समितिहरुलाई सम्मान गर्ने कार्यक्रम छ । वन व्यवस्थापनको कुरा प्रमुख छ । नेपालमा ४६ प्रतिशत वन हुँदाहुँदै पनि विदेशबाट काठ आयातित भइरहेको छ । यहाँका श्रम शक्तिहरु बाहिर रोजगारीका लागि गइरहेका छन् । वन संवद्र्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ । सरकार यसमा गम्भीर हुनुपर्छ । वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ । त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ ।’

उहाँले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरु समस्यामा परेको बताउनु भयो । संघले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।