स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप

Monday February 24, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु¥याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाउनु भयो ।

उहाँले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको सिमालाई पाँच लाख पु¥याएँछु भन्ने महत्वकांक्षी सपना बाँढडनु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानि गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो । चल्ने बेला चाहीँ स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म यसलाई हतोत्साहि बनाउने बानी राम्रो भएन । यसका लागि सल्ला दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौं । स्वास्थ्य बीमा शुरु गरौं मन्त्रीज्युका परिवार र मन्त्रालयबाटै गरौं ।’ 
उहाँले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।