अनधिकृत रुपमा बनेका संरचना भत्काएर न्हुँ पोखरीमा हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर

Monday February 24, 2025

पढ्न लाग्ने समय :


ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ । सोमवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन शुरुवात गरेर यस्तो बताउनुभएको हो । उहाँले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताउनु भयो । नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यो नुःखु पुखुः लाई ब्युटीफाइ गर्ने, ग्रिनरी इन्हान्स गर्छौैं । ग्रिन एण्ड ब्ल्युको फ्युजन प्रोजेक्ट हो । ग्रिन भनेपछि हरियाली र ब्ल्यू भनेपछि पानी हुन्छ । हरियालीमा पानीको समिस्रन स्टेट अफ आर्टको पार्क हुन्छ यो ।’

ललितपुर महानगरपालिकिाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूँले पोखरी क्षेत्रलाई पुरानै अवस्थामा फर्काइने बताउनु भयो । उहाँले आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्ने पोखरी क्षेत्रमा  वृद्धवृद्धाहरुका लागि विश्राम स्थालको समेत व्यवस्था गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो २०८२ साल असारमा बनाएर सकिन्छ । यो ठाउँमा  एउटा गर्डेन, एउटा स्मार्ट ट््वाइलेट हुन्छ र मान्छे हिँड्ने आवतजावतको पुरानो अवस्थामा फर्किन्छ । पहिला केही पनि थिएन, पछि निर्माण भएका भौतिक संरचना महानगरपालिकाको निर्देशन अनुसार भत्काउन शुरु गरेको हो ।’

ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पोखरी क्षेत्रमा रहेको वडा भवन अन्यत्र सारेर पोखरीलाई पुरानै अवस्थामा निर्माण गर्न अभियानमा लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो हाम्रो ऐतिहासिक न्यु पोखरी जुन अहिले बन्द रुपमा छ । त्यो पोखरीलाई संरक्षण गरेर फ्रेन्च बार लगाएर यो पोखरी बनाउन सुरुवात गरेको हो । महानगरपालिकाको नगरपरिषदले निर्णय गरे अनुसार यहाँ वडा भवन पनि थियो वडा मालश्री भवनको पछाडी सरेर यो पोखरी बनाउने अभियानमा लागेको हो ।’

पोखरी निर्माण सम्पन्न भएपछि वृद्धवृद्धा तथा युवायवतीका लागि विश्रामस्थालको व्यवस्था हुने महानगरपालिकाले जानकारी दिएको छ । पोखरीमा माछापालनलगायतको वृहत योजनासमेत अघि सारिएको  महानगरपालिकाको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।