पुराना पार्टीले जनविश्वास गुमाएको अध्यक्ष राईको अरोप

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने बताउनुभएको छ  ।आईतवार ललितपुरको ग्वार्कोमा पार्टीको नयाँ केन्द्रिय कार्यालय उद्घाटन कार्याक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गरिरहेको बताउनु भयो । उहाँले वैकल्पिक विचारले वैकल्पिक शक्ति निर्माण गर्ने र त्यो जनहितमा प्रयोग गर्न संगठन निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार, वैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने अठोटका साथमा संगठित भएको छ । विगतदेखि पनि हामीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गर्ने कामको प्रारम्भ गरेका छौँ । र आगामी दिनमा व्यवहारमा समृद्ध बनाउँदै जानेछौँ र वैकल्पिक विचार भएपछि त्यसले वैकल्पिक शक्ति निर्माण गर्न अनिवार्य हुन्छ । त्यो विचारलाई स्थापित र कार्यान्वयन गर्न, देश र जनताको हितमा प्रयोग गर्नका लागि । त्यसो भएकाले हामीले संगठन निर्माणको काममा अनुशासित ढंगले लाग्नुपर्ने आवश्यकतालाई परिपूर्ति गर्नलाई पनि केन्द्रिय कार्यालयले महत्वपूर्ण सहयोग गर्नेछ ।’

अध्यक्ष राईले पुराना पार्टीहरु पुरानै कार्याशैलीका कारण जनताको विश्वास गुमाउँदै गएको आरोप लगाउनु भयो । उहाँले जनताको आकांक्षा पूरा गर्न नसक्ने पुराना दलको विकल्पको रुपमा जनता समाजवादी पार्टीको उदय भएको दाबी गर्नुभयो ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ