शिर्ष दुईको दाबेदार लेबनानको दोस्रो हारसँगै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल र म्यानमार उपाधिका लागि भिड्ने

Thursday February 20, 2025

पढ्न लाग्ने समय :


शिर्ष दुईको दाबेदार लेबनानको दोस्रो हारसँगै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल र म्यानमार उपाधिका लागि भिड्ने भएका छन् । चार देश सम्मिलित च्याम्पियनसिपमा नेपालले बिहीवार लेबनानलाई १–० ले हराएसँगै म्यानमार र घरेलु टोली उपाधि लागि भिड्ने भएका हुन् । यसअघि पहिलो खेलमा लेबनान म्यानमारसँग ३–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेपछि एक खेल अगावै लेबनानको शीर्ष दुईको सम्भावना समाप्त भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार नै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानमाथि ५–० को जित निकालेको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र म्यानमारले समान दुई खेल जित्दा लेबनान र किर्गिस्तानले पनि समान दुई हार बेहो¥यो । अब उपाधि भिडन्त गर्नुअघि नेपाल र म्यानमारबीच नै लिगको अन्तिम खेल हुनेछ । स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले निराश  बनाएको हो । यो नतिजासँगै समान दुई खेलबाट नेपाल र म्यानमारले समान ६ अंक जोड्यो । करिव १२ हजार घरेलु समर्थकबीच लेबनानले पनि घरेलु टोलीलाई चुनौती दिएको थियो । तर, गोल गर्न नसक्दा साँघुरो हार सामना गरेको हो । खेलको ४२औं मिनेटमा सावित्राले गोल गरेकी हुन् ।
अट्याकिङ मिडफिल्डर विमला चौधरीको सेट पिसलाई सदुपयोग गर्दै उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बलमा परिणत भएको हो ।

सावित्राले प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । खेलको नवौं मिनेटमा लेबनानले पहिलो अवसर सृजना गरेको थियो । विंगर क्रिस्टी मालौफको प्रहार नेपाली गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले बचाइन् । त्यसको चार मिनेटपछि लेबनानले अर्को अवसरलाई गोलमा परिणत गर्न सकेन । स्ट्राइकर लेला इस्कान्डारले अन्जिलालाई बिट गर्न सकिनन् । १५औं मिनेटमा प्रीति राईको प्रहार आकासियो ।
२६औं मिनेटमा रेखाले फाइनल टच दिन नसक्दा नेपालले अग्रता लिन सकेन । राइट साइडबाट सबिता रानामगरले दिएको क्रसलाई विमलाले वान टच गरेको बललाई रेखालाई गोल गर्न सफल भइनन । इन्जुरी समयमा जाह्वा अरबीले बक्स बाहिरबाट गरेको प्रहार अन्जिलालाई बिट हुँदै क्रस बारमा ठोक्कियो । अब नेपाल र म्यानमारले फेब्रुअरी २३ मा समूहको अन्तिम खेलमा खेल्नेछ । खेल साँझ ६ बजे शुरु हुनेछ । सोही दिन दिउँसो २ बजे किर्गिस्तान र लेबनान आमनेसामने हुनेछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।