‘पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ’ : सञ्चारमन्त्री

Wednesday February 19, 2025

पढ्न लाग्ने समय :


सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताउनुभएको छ । बुधवार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले संठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताउनु भयो । संगठनमा रहेका खराब व्यक्तिहरुलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पार्टीभित्र रहेको दक्षीणपन्थि अवसरवाद हो । अवसरवादका कस्ता अखालका प्रवृतिहरु छन् तपाईलाई थाहा छ ? व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको पहिलो प्रवृत्ति हो । त्यसका बारेमा मैले व्याख्या गर्नै पर्दैन । अर्को, उदारवाद । विभिन्न बाहानामा आफ्नो हो भनेर कारबाही नगर्ने प्रवृत्ति मौलाउदै गएको छ । बोरामा कुहिएको एउटा आलुलाई समयमै निकालिएन भने सिंगो आलुलाई ध्वस्त बनाएझै संगठनभित्र रहेको खराब प्रवृतिको मान्छेलाई निकाल्न सकिएन भने सिंगो संगठनलाई नै ध्वस्त बनाउँछ । यो चाहीँ उदारवाद हो ।’

अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै उहाँले पार्टी निकट संगठनका सदस्यहरुलाई अनुशासनमा बसि पार्टी निर्णयअनुसार काम गर्न आग्रह गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।