प्रहरी विधेयकले मुलुकमा विधिको शासन कायम गर्न थप सहयोग गर्नेछः गृहमन्त्री लेखक

Monday February 17, 2025

पढ्न लाग्ने समय :


गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण गरि मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीसम्बन्धी ऐन र कानूनलाई एकीकरण एवं संशोधन गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठक नेपाल प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरी विधेयक प्रहरीको ‘सर्भिस ल’ भएको दाबी गर्नुभयो । उहाँले विधेयकले कानूनी रुप लिएपछि नेपाल प्रहरीलाई व्यवसायिक र प्रभावकारी बनाउँदै मुलुकमा विधिको शासन कायम गर्ने थप सहयोग प्रदान गर्ने विश्वास लिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस विधेयकले अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती तथा सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरिएको हो । यो नेपाल प्रहरीको सर्भिस ल हो । यसले नेपाल प्रहरीलाई थप व्यवसायिक, थप प्रभावकारी, थप सक्षम र मुलुकमा विधिको शासन कायम गर्ने कुरामा थप सबल बनाउँछ भन्ने म आग्रह गर्न चाहान्छु । प्रश्तुत विधेयकमा नेपाल प्रहरी सेवाको गठन संचालनमा नेपालमा एक प्रहरी संगठन रहने, नेपाल प्रहरी संगठनको संचालनका विषयमा मैले निवेदन गरिसके यसका सँगसँगै प्रदेशमा पनि प्रहरी रहने व्यवस्था हामीले यस विधेयकमा गरेका छौं । प्रहरी संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुने कुरा हामीले गरेका छौं ।’ 
विधेयकमा प्रहरी संगठनलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।