स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्य स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन, प्रथमलाई ५१ हजार

Friday February 14, 2025

पढ्न लाग्ने समय :


नयाँ पुस्तामा स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्यले हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको छ । शुक्रवार काठमाडौंको टुँडिखेलमा संघले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको हो । संघले परीक्षाको उद्देश्य नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्व संस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्य लिएको जनाएको छ ।

संघले विगतका वर्षहरुमा पनि यसखाले परीक्षाहरु सञ्चालन गरेको र यस वर्ष पनि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रम त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक ता स्कुल अफ म्यानेजमेण्टका सहनिर्देशक फूलप्रसाद सुवेदीको संयोजकत्वमा आयोजना गरेको बताएको छ । कार्यक्रममा उपत्यकाका तीन जिल्लाबाटै विभिन्न विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत पाँच हजार भन्दा बढी विद्यार्थीको सहभागिता रहेको आयोजकको भनाइ छ । ३० मिनेटको परीक्षामा प्रथम हुनेले ५१ हजार, दोस्रो हुनेले ३१ रु तेस्रो हुनेले २१ हजार तथा सान्त्वना ५० जनालाई एक हजार प्रदान गरिने आयोजकको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।