काठमाडौंको भृकुटीमण्डपमा कृषि सम्बन्धी मेला शुरु

Friday February 14, 2025

पढ्न लाग्ने समय :


सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुरु भएको छ । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो शुरु भएको हो । एक्स्पो आईतवार ४ गतेसम्म रहनेछ । मेलामा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा. लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. ले संयुक्त रुपमा सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो आयोजना गरेको हो ।

प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो । उहाँले साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने बताउनु भयो । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।