देशमा इमान्दारिताको खडेरी लाग्योः सांसद आलेमगर

Monday February 10, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताउनुभएको छ ।  आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा इमान्दारिता आवश्यक रहेको बताउनु भयो । उहाँले देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्ने बताउनु भयो । तर नेपालमा कलकारखाना, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रुमपा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरुलाई, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति यो देशमा देखापरेको छ ।’
उहाँले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताउनु भयो । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।