अध्यादेशप्रति जसपा सकारात्मक, सरकारमा जाने मनशायमा छैनौँः अध्यक्ष यादव

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले संसदबाट अध्यादेशपारित गर्न आफूहरुको कारणले नअड्किएको बताउनु भयो । पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उहाँको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताउनु भयो । सरकारले संसदको कार्यसूचिमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले कहाँ अड्काएका छौँ त । सरकारले कार्यसूचिबाट आफैँ फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रुपले हामी सोच्दैछौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ । सरकारले कार्यसूचिमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो ।’
उहाँले अहिले सरकारमा जाने अवस्थामा आफूहरु नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताउनु भयो ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर