जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बढाउन वनमन्त्रीको आह्वान

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न सरकारले विभिन्न कदम चालिरहेको बताउनुभएको छ । आईतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक भएको बताउनु भयो । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय भएको बताउनु भयो ।

मन्त्री ठकुरीले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले किसानका लागि जलवायु सम्बन्धी कोषहरु, सहुलियतपूर्ण ऋण तथा प्रोत्साहनमा आधारित प्रणालीहरुको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । निजी क्षेत्रलाई दिगो कृषि, व्यवसायहरुमा लगानी गर्न उत्प्रेरित गर्नु र सार्वजनिक निजी समुदायको साझेदारीको प्रवद्र्धन गर्नु उत्तिकै आवश्यक रहेको बताउनु भयो ।
मन्त्री ठकुरीले भन्नुभयो, ‘हामीले जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेका छौँ । सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक छ । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय हो । हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य छ । यस परियोजनाको शुरुवात यसै दिशामा गरिएको एउटा महत्वपूर्ण कदमको रुपमा मैले लिएको छु ।’

मन्त्री ठकुरीले बजार पहुँच बिस्तार गर्नु, जलवायुमैत्री प्रविधिहरुको प्रवद्र्धन गर्नु र अनुसन्धान तथा बिस्तार सेवाहरुका लागि लगानी वृद्धि गर्नु अनिवार्य रहेको बताउनु भयो । कृषि वन प्रणालीलाई नेपालको दिगो भूमि व्यवस्थापन रणनीतिको अभिन्न अंग बनाउने र सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । स्थानीय समुदाय, सहकार्य संस्था, निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि र वातावरण सन्तुलनबीचको सम्बन्धलाई सुदृढ पार्ने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । पुनःउत्पादक बागवानीको दीर्घकालीन बिस्तारका लागि वित्तीय श्रोतको अभाव एक प्रमुख चुनौतिका रुपमा रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।