डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्दै निःशुल्क बनाउन रास्वपा सांसद डाँगीको माग

Friday February 7, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदि सरकारले साच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौति गर्दै निःशुल्क भुक्तानीको विकास गर्न आवश्यक छ । त्यसैले म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन निशुल्क बनाउन आजैबाट काम शुरु गर्न गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ ।  नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।