एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु

Friday February 7, 2025

पढ्न लाग्ने समय :


रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु भएको छ । शुक्रवार रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । ०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान हुने जानकारी दिनुभयो । फ्लड लाइट जडानसँगै रात्रिकालिन सयमयमा पनि खेल खेलाउन सकिने बताउनु भयो ।

मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेको बताउनु भयो । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको जानकारी दिनुभयो । भारतबाट पनि केही क्लवस्तरीय टिमहरु आएर खेलेको बताउनु भयो । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ । मैदानका साथै अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको बताउनु भयो । तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको बताउनु भयो । अब प्याराफिट निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।