वन डढेलो नियन्त्रण तथा पूर्वतयारीको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक शुरु

Monday February 3, 2025

पढ्न लाग्ने समय :


वनको संरक्षण र व्यवस्थापनका लागि संघीय राजधानी काठमाडौंमा मन्त्री र प्रदेशमन्त्रीहरुको बैठक शुरु भएको छ ।सोमवार ललतिपुरमा संघका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा सात वटै प्रदेशका वन क्षेत्र हेर्ने मन्त्रीहरुको सहभागिता रहेको छ । बैठकमा वन व्यवस्थापन, काठ दाउराको उत्पादन र उत्पादित काठ दाउरालाई नागरिकको घरसम्म कसरी पु¥याउने भन्ने विषयवस्तुहरु रहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवप्रसाद वाग्लेले बताउनु भयो । उहाँले साथै डढेलो लाग्न नदिन पूर्वतयारीका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले वनको संरक्षण संघ, प्रदेश र स्थानीय तहको साझा सूचिमा पनि व्यवस्था गरेको छ । एकल सूचिमा पनि व्यवस्था गरेको छ । वनको संरक्षणमा तीन तहकै सरकारले सहकार्य, समन्वय कायम गरेर जाने भन्ने छ । त्यो कसरी कायम गर्ने भन्दा संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध भन्ने छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध ऐनको दफा २२ मा विषयगत समिति रहने व्यवस्था छ । विषयगत समितिमा नेपाल सरकारका मान्य मन्त्रीज्यु अध्यक्ष, सात वटै प्रदेशका वन विषय हेर्ने मन्त्रीज्युहरु सदस्य रहने । मन्त्रीज्युले तोकेको एक जना स्थानीय तहको व्यक्ति सदस्य रहने व्यवस्था छ । त्यसले वन क्षेत्रका विभिन्न सवालहरुमा छलफल गरेर एउटा निचोड निकालेर आगामी कार्यक्रम कार्यान्वयन गर्ने । वन व्यवस्थापन गर्न काठ दाउरा व्यवस्थापन, उत्पादन भएको काठ दाउरा सरल तरिकाले विक्री गर्ने र कसरी जनताको घरमा पु¥याउने भन्ने छ । वन डढेलो लाग्यो भने कसरी पूर्वतयारी गर्ने र लाग्नै नदिन कसरी योजना बनाएर अघि बढ्ने भन्ने छ ।’

उहाँले वनको संरक्षणका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।