समय तोकेर समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम

Sunday February 2, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताउनुभएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताउनु भयो । उहाँले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताउनु भयो ।

उहाँले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताउनु भयो । उहाँले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताउनु भयो । उहाँले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताउनु भयो । उहाँले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताउनु भयो । उहाँले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा गर्नुपर्छ । संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा छैन । तर यो नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय पनि होइन । अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ । तर यो सत्ताधारी पक्ष, विपक्षका बीच रहेको व्यवहारमा भर पर्छ । यस्ता विषयमा सदनको समय धेरै खर्च गर्नु उचित मानिदैन । अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद ।

यसमा कसैको ध्यान छैन । न सत्ता पक्ष, न प्रमुख प्रतिपक्ष न प्रतिपक्षको । यो संरचना निर्माण गर्न सकिन्छ । समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
उहाँले खिचडी राजनीतिलाई बिहष्कार गर्न सुझाव दिनुभयो ।


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको