सांसद पद निलम्वन गर्ने निर्णयमा पुनरावलोकनको माग गर्दै रास्वपा सभापति लामिछानेले बुझाए सभामुखसमक्ष निवेदन

Friday January 31, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरावलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाउनुभएको छ । शुक्रवारसिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर संसद पद निलम्वनको निर्णय कानूनसम्मत नभएको भन्दै पुनरावलोकन गरी निलम्वन फुकुवा गर्न माग गर्दै निवेदन बुझाएको सांसद सोविता गौतमले जानकारी दिनुभयो । उहाँले फौजदारी कसुरमा अदालतले  पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्र संसद पद निलम्वित हुने जिकिर गर्नुभयो । उहाँले राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले निलम्वन गर्ने प्रक्रिया उचित नहुने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘सभामुखबाट हाम्रा संसदीय दलका नेताहरुलाई निलम्वन गर्ने जुन कार्यमा सभापति आफैं उपस्थित भएर निलम्बनको प्रक्रिया गलत भयो । हाम्रो संसदको अभिभावक भनेको सभामुखज्यू नै हुनुहुन्छ । यथर्स राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले निलम्बन गर्ने प्रक्रिया उचित हुदैन । संसद निलम्बनको प्रक्रिया संसदको नियमावलीमा स्पष्टसँग राखिएको छ । संसदको नियमावलीले अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै निलम्वन गर्ने व्यवस्था भएको तर माननीय रवि लामिछानेको हकमा अदालतले धरौटीमा छोडेको अवस्था छ । त्यसको निलम्बनको पुनरावलोकन गरेर त्यसको निर्णय फिर्ता लिनको लागि भएकाले उहाँलाई आजकै मितिमा संसदमा राख्नको लागि निवेदन दिनुभएको छ । उहाँ आजको दिनमा पनि नेपालको बहालवाला सांसद नै हुनुहुन्छ, सांसदको रुपमा कामकारबाही नगर्नु है भन्नेकुरा मात्रै हो ।’

सभापतिमाथि लागेको आरोपको अदालतले खण्डन गर्ने उल्लेख गर्दै उहाँले आवश्यक परेको खण्डमा संसदमा समेत कुरा उठाउने सांसद गौतमको भनाइ छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका