अफगानिस्तानमा १० जना सर्वसाधारणको गोली हानी हत्या

Friday January 31, 2025

पढ्न लाग्ने समय :


पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा अज्ञात हतियारधारी व्यक्तिहरूले एकै परिवारका १० जना सर्वसाधारणको गोली हानी हत्या गरेको प्रान्तीय सरकारका प्रवक्ता मुस्ताघफर गरबाजले बताउनुभएको छ ।

राति अली शिर जिल्लामा अज्ञात हतियारधारी व्यक्तिहरूले घरमा प्रवेश गरी गोली चलाउँदा दुई पुरुष र आठ महिला र बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको भयानक घटना भएको छ । गरबाजले धेरै हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी न्यायको कठघरामा ल्याउने प्रयास भइरहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।