सरकार मुलुकको समृद्धि हाँसिल गर्न संकल्पित छः प्रधानमन्त्री ओली

Wednesday January 29, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताउनुभएको छ । बुधवार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उहाँले संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुने बताउनुभएको हो । उहाँले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण,सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ लैजान सरकारले काम गरिरहेको बताउनु भयो ।

देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा अराजकता फैल्याउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्ेवेष फैल्याउने, देशलाई एकतावद्ध हुन नदिने कुराहरु स्वीकार्य नभएको बताउनु भयो । विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकतावद्ध राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब हामी लोकतान्त्रिक प्रणालीमा आइसकेका छौँ । नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ । लोकतान्त्रिक प्रणालीको रक्षाको लागि, लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानूनी राजको हिसावले लिएर जानका लागि, कानूनलाई न्यायोचित कानूनका रुपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि र संविधानमा कतिपय कमीहरु रहेका छन् भने वा संविधान कार्यान्वयनको सन्दर्भमा कतिपय ठाउँमा यदी परिवर्तन गर्न आवश्यक देखियो भने त्यसलाई यथोचित ढंगले संवादबाट सबैलाई सहभागी गराउने प्रयासका साथ संशोधन गर्ने कुरामा पनि अहिलेको सरकार प्रतिवद्ध छ । यो लोकतान्त्रिक सरकार हो, यसका आचरण लोकतान्त्रिक हुनेछन् ।’

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको बताउनु भयो । उहाँले लोकतन्त्र एनार्किजम नभएको भन्दै लोकतन्त्र विकसित, व्यवस्थित, सभ्य र सुशासनयुक्त प्रणाली भएको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।