संसदको माघ महिनाको कार्यतालिका तयार, मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

Monday January 27, 2025

पढ्न लाग्ने समय :


माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमवार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक/सचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँकाअनुसार  २५,२६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८,२९ र ३० गते पुनः संसदको बैठक बस्नेछ । संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताउनु भयो । त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पाल्र्यामेण्ट चलाउँछौँ । १८ गतेबाट शुरु हुन्छ । २२,२३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरु सबै पेश हुन्छ । २५,२६ र २७ संसदीय समितिकोहरुको बैठक हुन्छ । २८,२९ र ३० गते पुनः संसद बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गर्नुभएको बताउनु भयो । उहाँले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखज्युले सम्पूर्ण दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरु त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रुपमा छलफल भयो । १८ गते शुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेण्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताउनु भयो । उहाँले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरु गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार संसदप्रति उत्तरदायी छैन भन्नेकुरा देखियो ।’

प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताउनु भयो । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।


भर्खर

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।

नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, बिरामी डिस्चार्ज गर्न थालियो

वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, प्रशासनिक दुर्व्यवहार

डाक्टरहरूको आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघको आह्वानमा आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द