भारतमा कारखानामा भएको विस्फोटमा ८ जनाको मृत्यु

Sunday January 26, 2025

पढ्न लाग्ने समय :


पश्चिमी भारतको महाराष्ट्र राज्यको अर्डनेन्स कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सात जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट करिव ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको अर्डनेन्स कारखानामा विस्फोट भएको थियो ।

स्थिति नियन्त्रण गर्न अग्निनियन्त्रकहरू घटनास्थल पुगेका थिए । विस्फोटका कारण कारखानाको छत भत्किएपछि कामदारहरु फसेका थिए । विस्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको बताएका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।