धरानवासीलाई एक वर्षभित्र पानी खुवाउँछौँ, एक गाग्री पानीले धरानवासीको माग सम्बोधन हुँदैनः मन्त्री यादव

Friday January 24, 2025

पढ्न लाग्ने समय :


खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताउनु भयो । उहाँले धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताउनु भयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाउनु भयो । उहाँले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘धरानमा पानीको समस्या पहिलादेखि नै थियो । धरान लगायत त्यस्तो धेरै डाँडाकाँडामा त्यस्तो समस्या थियो । धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी दिइरहेको थियो । तर त्यहाँका बहादुर मेयर सावले अहिलेको होइन । यो भन्दा पहिलाको मेयर सावले बहादुरी देखाउनु भयो । बहादुरी के देखाउनु भयो भने खानेपानी मन्त्रालयको जुन नेपाल खानेपानी संस्थान छ । उहाँहरुबाट पानी लिँदिन । म आफैँ सक्षम छु, म आफ्ना जनतालाई आफैँ पानी ल्याएर खुवाउँछु भनेर बहादुरी देखाउनु भयो । खानेपानी संस्थानको सबै अधिकार आफ्नो मातहतमा व्यवस्थापन बोर्ड बनाएर लिइहाल्नु भयो । हाइज्याक गर्नुभयो । तर सक्नुभएन । चुनाव भयो । अहिलेको मेयर साव हर्कजीले पानी ल्याउँछु भनेर कुद्नुभयो । कतै कतै पानी त ल्याउनु भयो । एउटा वाडमा पनि पुग्दैन । नपुगेपछि केन्द्रलाई गुहार्नुभयो । तर संघले आफ्नो नागरिक, नेपाली जनतालाई पानी दिनको निमित्त आतु छ, सम्माननीय प्रधानमन्त्रीजीले प्रधानमन्त्रीको जिम्मेवारी पाइसकेपछि र म खानेपानी मन्त्री बनिसकेपछि मलाई बोलाएर १५ दिनपछि धरानको विषयमा भन्नुभयो । त्यहाँ कसरी पानी जान्छ, तयारी गर्नुस् भन्नुभयो । त्यहाँ कसरी दिने भन्ने प्लान बनाएँ । त्यहाँ बजेट ठूलो छ । करिव करिव ६ अर्बको बजेट चाहिन्छ । मैले अर्थमन्त्रीजीलाई समन्वय गर्न गएँ । उहाँले एडिबीको ऋण सहयोग धरानमा लागू गर्नुस् र धरानका नागरिकलाई खानेपानीको समाधान गर्नुस् । त्यहाँ जग्गाको समस्या छ । स्थानीय निकायले त्यो गर्छ । हर्क साम्पाङजीको काम जग्गा दिलाउने काम गर्नुपर्छ । त्यो सबै काम भएपछि हामी धरानमा खानेपानीको काम गर्छौं । एडिबीका कन्ट्रि डाइरेक्टरसँग छलफल गरिसकेका छौँ । गाग्रो लिएर जाने, पानी देउ भन्ने । गाग्रीमा पानी भरेर दिएर पुग्दैन, त्यसको लागि बजेट दिनुपर्छ । मिडिया स्टण्ट गर्नु अलग कुरा हो । काम गर्नु अलग कुरा हो । अहिलेको सरकारले प्रधानमन्त्रीको निर्देशन काम गरेर देखाउन भन्ने छ, त्यहीअनुसार काम गरेर देखाउँछौँ । काम गरेर देखाउँछौँ । स्टण्ट गर्दैनौँ । स्टण्ट गर्ने काम स्टटबाजीको हो । तिनीहरुको पसल त्यसैगरी चल्छ ।’

मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताउनु भयो ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी