तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना छैनः महिलामन्त्री सुडी

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी स्वार्थका कारण मधेसवादी दलहरु फुटेको बताउनु भयो । उहाँले स्वार्थमा काम गर्नेहरुलाई पदच्युत भएसँगै कसैले नचिन्ने बताउनु भयो । धर्तीमा रहँदा केही नाम चिन्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निजी स्वार्थका लागि मधेसवादी दलहरु छिन्नभिन्न भएका छन् । सबै स्वार्थमा लाग्नुभएको छ । मैले जहिले पनि भनेको छु, केही काम गर, धर्तीमा रहँदा । स्वार्थमा लागेका नेतालाई पद सकिएपछि कसैले पनि नाम लिँदैन । मधेसवादी सबै नेताहरु एक हुनु राम्रो कुरा हो । तर एक हुने सम्भावना देखेको छैन ।’

मन्त्री सुडीले मधेसवादी राजनीतिक दलहरु एक हुनु राम्रो भएको पनि बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।