प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छन्ः उपेन्द्र यादव

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महशुस हुन थालेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताउनु भयँे । उहाँले अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उल्लेख गर्नुभयो । एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता रहेको बताउनु भयो । राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एकता, संघर्ष र रुपान्तरण तीन भाग हुन्छ । एकता, संघर्ष र रुपान्तरणको माध्यमबाटै दुनियाँ अघि बढ्छ । अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता हो । क्रान्तिका, परिवर्तनका उपलब्धिहरु गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ । क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुको एकताको आवश्यकता छ । एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता छ । त्यो संघर्षसँगै राजनीतिक प्रणालीमा, समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता छ ।’

अध्यक्ष यादवले मधेसवादी दलहरु फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताउनु भयो ।


भर्खर

धनगढीमा दुइ युवकमाथि समूहिक आक्रमण

धनगढी : कैलालीको धनगढीमा २ युवकमाथि समूहिक आक्रमण गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड

कैलालीमा एकैदिन ८ जना पक्राउ

धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ