प्रदेश सरकारद्वारा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको छ । बिहीवार सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशले पर्यटन वर्षको रुपमा २०८२ सफल पार्ने बारेमा छलफल गरिएको छ ।

बैठकबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले कोशी प्रदेशले पर्यटन वर्ष २०८२ घोषणा गरेबमोजिम शुरुवात गरिएको बताउनु भयो । उहाँले प्रदेशका १४ जिल्लामै विभिन्न कार्यक्रमहरु गर्दै जाने र भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउनु भयो । भारत—चीन—भूटान र बंगलादेशलाई केन्द्रित गरेर पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको बताउनु भयो ।  १७ लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार अघि बढेको बताउनु भयो ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि