चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


चालु आर्थिक वर्ष (२०८०/०८१) शुरु भए यता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताउनुभएको हो । उहाँकाअनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ जना पुरुष र १६ जना महिला रहेका छन् । उहाँले यही अवधीमा आगलागीका घटनाबाट १ हजार ६ सय ५६ घर परिवार प्रभावित भएको बताउनु भयो ।

आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबराको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गर्नुभयो । सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको बताउनु भयो । उहाँले सोही अवधीा आगलागीमा परी १७९ तथा डढेलाबाट २६ जना घाइते भएको बताउनु भयो । उहाँले तीन उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको बताउनु भयो ।

उहाँले आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले आगलागीजन्य विपद् न्युनिकरणकाल लागि स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइएको समेत बताउनु भयो । सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको बताउनु भयो ।

जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताउनु भयो । २०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा १ हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन्  । जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।