एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ । बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उहाँले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताउनु भयो । उहाँले पास गराउने बेलामा धेरै ठूलो बिरोध भएपनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताउनु भयो । उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्नेकुरा पनि छैन । हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्दछ । प्रभावहरु हाम्रोमा पर्दछन् । एक पटक एमसीसी पास गर्ने बेलामा, एमसिसी सही छाप गर्ने बेलामा धेरै ठूलो बिरोध भयो । पाल्र्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर । यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ ।’

सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।