सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको होः जनार्दन शर्मा
पढ्न लाग्ने समय :
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले उद्योगहरुलाई संरक्षण गर्ने विषयमा कसैको विमति नभएको तर मूल्यका काटे«लिङ गर्ने कुरा गलत भएको बताउनु भयो । उहाँले बजारले वस्तुहरुको मूल्य निर्धारण गर्ने भएकाले काटे«लिङ भएपछि बजारले मूल्य निर्धारण गर्न नपाउने बताउनु भयो ।
उहाँले बजारमा सिन्डिकेट भएपछि हरेक वस्तुको मूल्य वृद्धि हुने बताउनु भयो । उहाँले बजारमा मैल्यवृद्धि र काटे«लिङ हुन दिन राज्यको कमजोरी भएको बताउनु भयो । उहाँले सरकारले काटे«ेलिङ गर्न दिने नभइ हस्तक्षेप गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जनता र उपभोक्तालाई मारमा पार्ने गरी उद्योगीहरुले काटे«ेलिङ गर्ने कुरा ठिक नभएको भन्दै सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उद्योगीहरुले काटे«ेलिङ गरेर उद्योग चलाउन नपाइने बताउनु भयो । उहाँले मूल्य नियन्त्रण सरकारले गर्ने भएकाले समितिले छलफल गर्नुपर्ने विषय नभएको बताउनु भयो । उहाँले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘ उद्योगहरुलाई संरक्षण गर्ने विषयमा कसैको विमति छैन । तर मूल्यका काटे«लिङ गर्ने कुरा गलत हो । त्यो गर्नु भएन । बजारले वस्तुहरुको मूल्य निर्धारण गर्ने हो । काटे«लिङ भएपछि बजारले मूल्य निर्धारण गर्न पाउँदैन । सिन्डिकेट भएपछि मूल्य वृद्धि हुने गरेको छ । यो कुरा गलत हो । यस्तो हुन दिने भनेको राज्यको कमजोरी हो । सरकार कमजोर भयो । सरकारले काटे«ेलिङ गर्न दिने होइन हस्तक्षेप गर्ने हो । जनता र उपभोक्तालाई मारमा पार्ने गरी उद्योगीहरुले काटे«ेलिङ गर्नेकुरा ठिक छैन । अन्य समस्याहरुमा छलफल गर्न तयार छौं । लोडसेडिङ उद्योगहरुमा ६ घण्टा रहेछ । आजबाट त्यो पनि हट्छ । उद्योगीहरुले काटे«ेलिङ गरेर उद्योग चलाउन पाँदैन । यसको जिम्मा सरकारले लिनुपर्छ । मूल्य नियन्त्रण सरकारले गर्नेकुरा हो । सरकारले गर्ने कुरामा समितिले छलफल गर्नु पर्ने विषय होइन । मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन । यो सरकारले समाधान गर्ने हो । किन ल्याइयो सार्वजनिक लेखा समितिमा ? मूल्यवृद्धिको विषय यहाँ छलफल गर्ने होइन । हाम्रो समय बर्बाद भएको छ ।’
उहाँले सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको बताउनु भयो ।