वन डढेलोेबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न सरकालाई निर्देशन

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन डढेलाबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको समिति बैठकले सुख्खा मौसममा सामुदायिक जंगलहरुमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशान दिनुभयो । समितिले डढेलोसम्बन्धि जनचेतनालाई अझै प्रभावकारी बनाउन नेपाल टेलिकमलाई रिङटोन बजाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ । समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने सम्बन्धमा आउँदो बैशाखबाट काठमाडौं उपत्यकाबाट शुरु गर्नेगरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
समितिका निर्णय सुनाउँदै थापाले भन्नुभयो,‘डढेलो न्युनिकरण तथा डढेलाबाट जनधनको क्षति न्युनिकरण गर्नको लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रलाय लगायत सबै सरोकार वाला निकायहरुलाई निर्देशन दिने, सुख्खा मौसममा सामुदायिक जंगलहरुमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणमा साबधानी अपनाउन तथा वन डढेलोको कारण मान्छेको मृत्यु समेत हुने गरेकोले वन जंगलमा डढेलो लगाउने जो कोहीलाई कारबाही गर्न र डढेलो नियन्त्रणका लागि दक्ष जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालय तथा गृह मन्त्रालयलाई निर्देशन दिने, डढेलो लाग्ने कार्य नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र यसलाई थप प्रभावकारी बनाउनका लागि नेपाल टेलिकमको रिङ्टोन बनाउन समितिबाट अनुरोध गर्ने, प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने सम्बन्धमा यही मिति २०८२ बैशाखबाट काठमाडौं उपत्यकाबाट शुरु गर्नेगरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालय निर्देशन गर्ने ।’

समितिले आज वन डढेलो प्रकोपको न्युनिकरणका लागि सरोकारवालाहरुसँग छलफल गरेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।