२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छः शिक्षामन्त्री भट्टराई

Monday January 20, 2025

पढ्न लाग्ने समय :


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिनुभएको हो । उहाँले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताउनु भयो । सोही बारेमा आजको मन्त्रीपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो । त्यसमा शिक्षकहरुमा केही कन्फ्युजन थियो । कहिलेबाट भनेर । मैले आज मन्त्रीपरिषद्मा यो विषय प्रवेश गराएँ । त्यहाँ जबबाट ऐन बन्यो त्यहीलेदेखि नै होला । २०८१ सालबाट मात्रै उहाँहरु त्यसमा समावेश हुनुहुन्छ । अगाडिको शिक्षकहरु पेन्सनकै प्रावधानमा रहनुहुन्छ ।’

२०२१ सम्मका शिक्षकहरु भने पेन्सनकै प्रावधानमा रहने बताउनु भयो ।


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून