सङ्घीय संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

Monday January 20, 2025

पढ्न लाग्ने समय :


सरकारले संसदको हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हिउँदे माघ १८ गतेका लागि हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरे विशेष अधिवेशन बोलाउन माग गर्ने बताइरहेका बेला सरकारले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो । विपक्षी दलले सरकारले सदन नबोलाएर अध्यादेशबाट शासन गर्न लागेको भन्दै आलोचना गर्दै आएका छन् । यसअघि वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।