खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी होः प्रथम राष्ट्रपति यादव

Monday January 20, 2025

पढ्न लाग्ने समय :


नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताउनुभएको छ । सोमवारबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताउनु भयो । उहाँले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताउनु भयो । क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसार आज आक्रान्त छ । तपाईंहरुले क्लाइमेट चेन्जको बारेमा थाहा पाउनु नै भएको छ । खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिन्छ । पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको छ । यसले संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडीको रुपमा सहयोग गर्नेछ । क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेछ । देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास छ । यसको विकासमा राज्यले खेल्ने भुमिका जति सन्तोषजनक छ त्यो भन्दा बढी होस् ।’

प्रथम राष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रह गर्नुभयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका