युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन

Monday January 20, 2025

पढ्न लाग्ने समय :


आईतवारदेखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन् । आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन् । यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्धविरामले ४६ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने इजरायली आक्रमणको अन्त्य भएको छ । घातक लडाइँले गाजाको धेरैजसो भागलाई पनि ध्वस्त पारेको छ ।

गाजापट्टीमा व्यापक भोकमरी र रोगहरू निम्त्याएको छ । रिहा गरिएका तीन महिलाहरूमा २८ वर्षीया ब्रिटिश–इजरायली एमिली दमारी र ३० वर्षीया रोमानियाली–इजरायली पशु चिकित्सा नर्स डोरोन स्टेनब्रेचर छन् । जसलाई उत्तरी गाजा बाहिर किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो । २३ वर्षीया रोमी गोनेन, जसलाई नोभा संगीत महोत्सवबाट लगिएको थियो । गाजामा अझै पनि रहेका ९८ बन्धकहरू मध्ये आधा जीवित छन् । यद्यपि हमासले पुष्टि गरेको छैन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।