शहीदको स्मरणमा शनिवार साँझ जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने

Friday January 17, 2025

पढ्न लाग्ने समय :


मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने भएको छ । शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिनुभएको हो । एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवास साँझ हुने बताउनु भयो । शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रवार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताउनु भयो ।

मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाईतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताउनु भयो । शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।