माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ?

Friday January 17, 2025

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताउनु भयो । उहाँले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा यो सरकारले जन अपेक्षाहरु पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ । अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ । संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन । अब ०८७ सम्म कुर्नुपर्ने । यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुप¥यो । प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने । यसको जवाफ दिनुप¥यो ।’
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गर्नुभयो । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।