क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

Friday January 17, 2025

पढ्न लाग्ने समय :


दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तिमा २५ जनाको मृत्यु भएको बताएको छ । १२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट गरेको छ । स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तिमा २६ जना अझै पनि बेपत्ता छन् ।

क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए । गत हप्ता मंगलवार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ । लस एन्जलस क्षेत्रको सबैभन्दा ठूलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड (९५.९६ वर्ग किलोमिटर) जलाइसकेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।