एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली

Thursday January 16, 2025

पढ्न लाग्ने समय :


सबै फ्रेन्चाइज टोलीले शुक्रवारदेखि शुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण शुक्रवारबाट शुरु हुँदैछ । उद्घाटनअगाडि पत्रकार सम्मेलनमा ६ वटै फ्रेन्चाइज टोलीका प्रशिक्षक तथा मार्की खेलाडीले तयारी राम्रो रहेकाले उपाधि जित्ने दाबेदारी प्रश्तुत गरेका हुन् । नेपालमा पहिलोपल्ट हुन लागेको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्याण्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिष्पर्धा गर्दैछन् । लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ ।  शुक्रवार हुने उद्घाटन खेलमा काठमाण्डु माभरिक्स र पोखरा लेकर्सले प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । नेपाल राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोक्कामगर काठमाण्डुका मार्की हुन् । काठमाण्डुले सरोजकुमार सिंहको प्रशिक्षणमा तयारी गरेको छ । प्रशिक्षक सरोजले तयारी राम्रो रहेको र टोलीमा पनि अनुभवी खेलाडी रहेकाले सुखद् नतिजा ल्याउने आशा व्यक्त गरे । उनले टोलीमा अनुभवी विदेशी खेलाडी अनुवन्ध गरेका पनि उल्लेख गरेका छन् ।

पोखरा लेकर्सको मार्की प्रदीप मिजार हुन् । राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा उत्रँदैछ । पोखराका प्रशिक्षक भट्टले जुनियर विश्व च्याम्पियनसिप, नेपालको राष्ट्रिय टोली र प्रो कबड्डीका खेलाडी आफ्नो टोलीमा रहेको र टोलीको तयारी पनि राम्रो रहेको बताए । मार्की खेलाडी प्रदीपले पुस ६ गतेदेखि प्रशिक्षण गरेको उल्लेख गर्दै अनुभवी र युवासहित आफ्नो टोली सन्तुलित रहेको बताए । उनले राम्रो रणनीति र उच्च मनोबलका साथ तयारी गरेको बताए । साथै उनले उपाधि जित्ने पनि विश्वास व्यक्त गरेका छन् ।

जनकपुरको प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा हुन् । जनकपुरकी प्रशिक्षक राईले पहिलोपल्ट हुन लागेकाले अभैm तयारी पर्याप्त हुन नसकेको उल्लेख गरिन् । उनले आफूसँग भएको लामो अनुभव रहेको र त्यही अनुरूप तयारी गरेको बताइन् । थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् ।  अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, हिमालयनमा गणेश पार्की छन् । विराटनगरले लोकबहादुर विष्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ । भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् । हिमालय रेइडर्सले करिव २२ दिन भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो ।
भारतीय टोली सम्हालिसकेका प्रशिक्षकले पनि तयारीका साथ दिएको हिमालयनको भनाइ छ । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुई देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका