एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलन थाइल्याण्डको बैंककमा १५—१६ मार्चमा आयोजना हुने बताइएको छ । सम्मेलनले नेपाली प्रवासी युवालाई सशक्त बनाइ उनीहरुलाई नेपालको समृद्धि र विकाससँग जोड्ने लक्ष्य लिएको एनआआरएनएका अध्यक्ष डा. बद्रि केसीले बताउनु भयो ।

उहाँले सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पु¥याउने लक्ष्य राखेको बताउनु भयो । अध्यक्ष केसीकाअनुसार सम्मेलनले युवा बेरोजगारी, सीप विकास र सुरक्षित आप्रवासन जस्ता समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रश्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।
त्यस्तै, १८–१९ मार्च २०२५ मा कम्बोडियामा १० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष केसीले बताउनु भयो । संघले एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘संगम’ नामाकरण गरेको र सो अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भुमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भुमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैंगिक समानताका बारेमा छलफल हुने बताउनु भयो ।

अध्यक्ष केसीले एशिया कन्फ्रेन्समा एशियाका ११ वटा देशहरुको सहभागिता रहने जानकारी दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।