काठमाडौंंको भृकुटीमण्डपमा सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व भुवा

Saturday January 11, 2025

पढ्न लाग्ने समय :


सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व भुवा भृकुटीमण्डपमा मनाएको छ । शनिबार बाजुरा सेवा समाजले काठमाडौंंको भृकुटीमण्डपमा सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व मनाएको हो । सुदूरपश्चिमका बाजुरा,अछाम, बझाङलगायतका पहाडी जिल्लामा यो पर्व पुसे औँसीको अघिल्लो दिन सुरु गरी मनाइने चलन रहेको छ । केहि वर्षदेखि राजधानीमा पनि मनाएको काठमाडौंको बाजुरा सेवा समाजका अध्यक्ष चेतन थापाले जानकारी दिनु भयो । उहाले द्वापर युगमा पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि खुसियाली मनाएको दिनलाई स्मरण गर्दै भुवा खेल खेल्ने गरेको बताउनु भयो । त्यसैगरी सुदुरपश्चिमको मौलिक तथा सांस्कृतिक जर्गेना हुने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको दावी गर्नु भयो । उहाले यो खेलमा परम्परागत पहिरन लगाएर ढाल र तरबार नचाएर युद्धकौशल प्रदर्शन गरिने चलन रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका संयोजक भरतराज जोशीले बाजुराबाट बसाइँ सरी आएकाहरूको अगुवाइमा केही वर्षयता काठमाडौंमा भुवा खेल खेलेर भुवा पर्व मनाउँदै आएको बताउनु भयो । भुवा खेल्ने पुरुषले टाउकोमा पगरी, सेतो भोटो, जामा तथा कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादरजस्तो पहिरन र कतिपयले भने परम्परागत पोसाकविनै पनि भुवा खेल्छने गरेको बताउनु भयो । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको भुवा खेलमा दमाहाको तालमा ढाल र तरबारले युद्धकला प्रदर्शन गर्ने बताउनु भयो ।

कार्यक्रममा महिला सहभागी सन्तोशी रावलले भुवा खेल पहिलो चोटी खेलेको बताउनु भयो । उहाले यो खेल खेल्दा रमाइलो भएको अनुभव सुनाउनु भयो । साथै पहिला पुरुषहरुले मात्र यो खेलिरहदा अव अरु महिलाहरुलाई पनि खेल्न आग्रह गर्नु भयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै नभई कैलाली, कञ्चनपुरमा बसाइँसराइँ गरी आएकाहरूले केही वर्षयता तराईमा समेत भुवा पर्व मनाउने चलन रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।