रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

Thursday January 9, 2025

पढ्न लाग्ने समय :


कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उहालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो । अब अदालतले तोकेको धरौटी बुझाएर रिहा लामिछानेले तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् । सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । उहामाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।